माधव नेपाल अस्पतालमा भर्ना,तत्काल भेटघाट बन्द

काठमाडौं। नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

 

 

ज्वरो र खोकीको समस्याका कारण उनी बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको नेता नेपालको निजी सचिवालयले जनाएको छ।

 

 

उनको स्वास्थ्य स्थिति सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएका छन्।

 

 

उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न छ।

 

 

स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा अध्यक्ष नेपालसँग तत्काल भेटघाट बन्द गरिएको जानकारी पनि निजी सचिवालयले दिएको छ।