सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ९०० रुपैयाँले बढेको छ । सुनसँगै चाँदीको मूल्य पनि शुक्रबार तोलाको २० रुपैयाँले बढेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६०० रुपैयाँ कारोबार भएको छ।

 

 

यस्तै शुक्रबारका लागि तेजावी सुनको मूल्य पनि ९०० रुपैयाँले नै बढेर तोलाको ८९ हजार १५० रुपैयाँ पुगेको छ । यसदिन चाँदीको मूल्य तोलाको १ हजार १४० रुपैयाँ कायम गरिएको छ ।

 

 

 

बिहीबार छापावाला सुन तोलाको ८८ हजार ७०० रुपैयाँ, तेजावी सुन ८८ हजार २५० रुपैयाँ र चाँदीको प्रतितोला १ हजार १२० रुपैयाँमा कारोबार भएको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारदेखि शुक्रबारसम्म साताको ६ दिन अन्तराष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार मानेर नेपालमा पनि सुनको मूल्य निर्धारण गर्दै आएको छ ।