देउवाको गृह जिल्लामा कार्यकर्ताबीच झडप

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा आयोजित पार्टीको कार्यकर्ता भेलामा झडप भएको छ ।

 

 

क्रियाशील सदस्यताको विषयमा असहमति जनाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा देउवा पक्ष पनि प्रवेश गर्न खोज्दा झडप भएको हो ।

 

 

झडपका क्रममा दुवै पक्षका केही नेता कार्यकर्ता समान्य घाइते भएका छन् । तर जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने दुवै पक्षबीच समान्य वादविवाद मात्र भएको जनाएको छ ।

 

 

झडपका कारण केहीबेर सभा विथोलिएको थियो । भेलालाई सम्बोधन गर्न कांग्रेस नेता डा.शेखर कोइराला, अर्जुननरसिंह केसी र गुुरुराज घिमिरे डडेल्धुरा पुगेका छन् ।