नेत्री विद्या तिमिल्सिना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी

बाजुरा। नेपाली काङ्ग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विद्या तिमिल्सिना निर्वाचित भएकी छन् ।

 

 

खुला खस आर्यको कोटाबाट ५५३ मत ल्याएर निर्वाचित भएकी हुन् । तिमिल्सिना विद्यार्थी कालदेखि नै सक्रिय रूपमा राजनीति गर्दै आएकी छन् ।

 

 

पार्टीको एघारौं महाधिवेशनमा प्रतिनिधि बनेकी तिमिल्सिना अहिले पुनः प्रतिनिधिमा जित हाँसिल गरेकी हुन् ।

 

 

नेपाल विद्यार्थी संघ हुँदै साँस्कृतिक संघको केन्द्रीय सदस्य हुँदै बाजुरा काङ्ग्रेसको महिला शीर्ष नेतृत्वमा रहने नेत्री पार्टीको केन्द्रीय जनसम्पर्क समन्वय विभाग सदस्य समेत रहेकी छन् ।

 

 

 

२०७४ सालको संसदीय निर्वाचनमा समानुपातिक सांसदको उम्मेदवार समेत रहेकी थिइन् । हाल जिल्ला आमन्त्रित सदस्य रहेकी तिमिल्सिना प्रजातान्त्रिक महासंघ महिला केन्द्रीय सदस्य पनि हुन् ।

 

 

जिल्लादेखि केन्द्रसम्मका सम्पूर्ण नेताकार्यकर्तासँग सम्बन्ध राम्रो छ । अधिकांश समय राजनीतिमै सक्रियता रहदै आएको छ । विभिन्न सामाजिक कार्यमा समेत उहाँकाे संलग्नता रहदै आएको छ ।