आज दिउँसो देशका पहाडी भूभाममा आंशिक देखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

 

 

 

आज दिउँसो देशको पहाडी भूभाममा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

त्यस्तै आज राती देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।