नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल एक हजार ७७३ जनाको नमूना परीक्षण गर्दा १४७ जनामा कोरोना पोजिटिभ देखिएको हो।

 

 

 

जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १३६ र एन्टिजेन विधिबाट ११ संक्रमित पहिचान भएका थिए।

 

उक्त अवधिमा कूल एक हजार ४४६ जनाको पीसीआर र ३२७ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

 

 

 

उक्त अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।