आजदेखि सार्वजनिक सवारीको भाडा बढ्‍यो, कुन ठाउँ पुगेको कति(सूचीसहित)

काठमाडौं।आजदेखि बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा लागू हुने भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ भाडादर तोकेको थियो।

 

 

अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुने जनाइएको छ ।

 

 

यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने छ ।

 

 

उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउने जनाएको छ।