राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

काठमाडौं ।नेपाल क्रिकेट संघ ‘क्यान’ ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

 

 

 

बिश्वकप लिग९२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ । ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

 

 

क्यानले मुख्य प्रशिक्षकका लागि बिभिन्न मापदण्ड तयार गरेको छ । दरखास्त दिने मिति अक्टोबर ३१ सम्म रहेको छ ।