बझाङमा पहिरोका कारण २३ जना बेपत्ता

काठमाडौं। पहिरोमा परी बझाङमा २३ जना बेपत्ता भएका छन् । जिल्लाको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार पहिरो जादा २३ जना बेपत्ता भएका हुन ।

 

 

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।

 

 

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानिय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन् ।

 

 

गाँउ पहिरोको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको प्रहरीले जनाएको छ ।

 

 

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।