सुदूरपश्चिमका ७ जिल्लामा विद्युत र संचार सेवा पूर्ण रुपमा ठप्प

काठमाडौं। मौसम आएको परिर्वतनका करण लगातारका परिरहेको बर्षाले सुदूरपश्चिमका पहाडी जिल्लाको बिधुत सेवा पूर्ण रुपमा ठप्प भएको छ ।

 

 

लगातारको वर्षापछि सोमबार साँझ देखि डडेलधुरा, डोटी, बझाङ, अछाम , दार्चुला, बैतडी र बाजुराको बिधुत सेवा पूर्ण रुपमा ठप्प भएको हो ।

 

 

विद्युत प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ ।

 

 

 

यस्तै बिधुतसंगै सञ्चार सेवा पनि अबरुद्ध भएको छ । डडेल्धुरामा अप्टिकल फाइबर काटिएकाले पनि थप समस्या भएको सेवा सञ्चालनका लागि पहल भइरहेको छ ।

 

 

 

सञ्चार सम्पर्क विच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न पनि समस्या भएको बताइएको छ ।