बाढीपहिरोबाट सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको संख्‍या ३३ पुग्यो, २२ जना अझै बेपत्ता

काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो। असोज ३१ गतेदेखि  अविरल वर्षासँगै भएको बाढी पहिरोमा परी ३३ जनाको मृत्यु भएको हो ।

 

 

सबैभन्दा बढी मानवीय क्षति डोटीमा जिल्लामा भएको छ ।अहिलेसम्म १६ जनाको मृत्यु भएको छ । बझाङमा ९, बैतडीमा ४, डडेलधुरामा ३ र कैलालीमा १ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

 

बाढी पहिरोमा परी सुदुरपश्चिम प्रदेशमा २२ जना बेपत्ता भएका छन् । बझाङमा २० र बैतडी, कैलाली, एक÷एक बेपत्ता भएका छन्। यस्तै बाढी पहिरोमा परी १७ जना घाइते भएका छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक÷एक जना घाइते भएका हुन् ।

 

 

त्यस्तै बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया पनि मरेका छन् । पहिरोका कारण बझाङमा १२, डोटीमा ६ र डडेल्धुरामा २ गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

 

 

बाढीका कारण यस प्रदेशमा २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ ।

 

 

बाढी, पहिरोकै कारण सुदूरपश्चिम प्रदेशमा करोडौँको क्षतिसमेत भएको प्रहरीले जनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बन्दै गएको प्रहरीले जनाएकाे छ ।