नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि,थप १३ जनाको मृत्यु

काठमाडौं ।नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८६४ नमूना परीक्षणमध्ये ६७३ पीसीआर र १०३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो।

 

 

 

त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ। योसँगै कूल मृत्यु संख्या ११ हजार ३६१ पुगेको छ।मन्त्रालयका अनुसार थप ५०१ जना संक्रमणमुक्त भएका छन्।

 

 

 

योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ। देशभरि १० हजार ३६० सक्रिय संक्रमित छन्।