अबदेखी टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न मिल्ने

काठमाडौं ।अबदेखी टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न मिल्ने  बनाएको छ । नयाँ फिचर ल्याएसँगै याे सुविधा थप भएकाे हाे। यसअघि ३ मिनेटको भिडियो मात्र हाल्न मिल्ने टिकटकले बनाएकाे थियाे।

 

 

पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ । यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा हाल्ने साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ ।

 

टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ ।