नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि,थप ४ जनाको मृत्यु

काठमाडौं ।  नेपालमा थप २३२ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । मन्त्रालयका अनुसार आज थप संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

 

 

यस्तै आज ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ

 

 

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 

पछिल्लो २४ घण्टामा थप काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्‍मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको छ ।