नेपालमा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि,थप ३ जनाको मृत्यु

काठमाडौं ।नेपालमा थप ३ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८१ तथा एन्टिजेन विधिबाट २७ जना संक्रमण पुष्टि भएको जनाएको छ ।

 

 

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९८ जना संक्रमणमुक्त भएका छन । नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ३४९ रहेको छ ।

 

 

 

यही अवधिमा थप ३ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ५१६ जनाको मृत्यु भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।