आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

नेपालको पूर्वी भूभागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था देशका पहाडी भूभागहरुमा आन्शिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 

 

आज दिउँसो देशका पहाडी भूभागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 

 

 

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती देशको पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

 

 

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।