सुनको मूल्य स्थिर, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा साताको पाँचौं दिन बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकोमा बिहीबार स्थिर रहेर सोही मूल्य नै कारोबार भइरहेको छ ।

 

 

 

बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

 

 

 

त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

 

 

 

बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार दुई सय रुपैयाँ काय भएको थियो ।

 

 

त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।