केही महीना भित्र स्थानीय तहको चुनाव हुने भन्दै नेता कार्यकर्तालाई तयारी रहन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीना भित्र स्थानीय तहको चुनाव हुने बताएका छन् ।

 

 

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीना भित्र स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनाव हुने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

 

 

सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशन दिएका हुन। 

 

 

केही महीना भित्र स्थानीय तहको निर्वाचनमा जान्छाैं एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं,त्यसैले हामी महाधिवेशनपछि तीनै तहका चुनावमा केन्द्रित हुनेछाैं।  

 

 

 

उनले भने मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्छ भन्ने पुष्टि भएको दाबी गर्दै प्रदेश अधिवशनले पार्टीलाई थप सशक्त र बलियाे बनाउने विश्वास व्यक्त गरेका छन् ।