आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा,उच्च पहाडी तथा हिमाली भुभागमा हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भैई निम्न चापिय प्रणालीको रुपमा रहेको छ साथै नेपालको पुर्वी भुभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ।

सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको ति प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ ।

तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ।