चिट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे शिक्षक

काठमाडौं। काठमाडौंको रत्नराज्य बहुमुखी क्याम्पसमा विद्यार्थीले आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै निर्मम तरिकाले आफ्नै शिक्षक कुटेका छन्।

 

 

कलेज प्रमुख जीवनधर ज्ञवालीका अनुसार मंगलबार मानविकी संकायअन्तर्गतका समाजिक कार्य विषयको प्रथम वर्षको आन्तरिक परीक्षा सञ्चालन भइरहेको समयमा चिट चोर्न नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले परीक्षा निरीक्षक प्रकाश पुडासैनीमाथि संघातिक हमाला गरेका हुन्।

 

 

 

गत वर्षको ०७७ असोज ११ गतते त्रिभुवन विश्वविद्यालय परिसरभित्रै समाजशास्त्र विभागमा पदाधिकारी नियुत्तिको विषयलाई लिएर सोही विभागका उप्राध्यापक डा. प्रेम चलाउनेलाई विद्यार्थीले सांघातिक आक्रमण गरि मरणासन्न हुने अवस्थामा पुर्‍याएका थिए।

 

 

उपप्राध्यापक चलाउनेको टाउको फुटेको, हात भाँचिएको तथा शरीरका अन्य अंगसमेत चोट लागेर महिनौँ दिनसम्म अस्पतालमा उपचार गराउनु परेको थियो।

 

 

 

डा.चलाउनेलाई विश्वविद्यालयकै केही विद्यार्थीको समूहले रड र भाटाले निर्मम कुटपिट गरी हात, खुटा भाँचिदिएका थिए।

 

 

 

यी प्रतिनिधि छटना मात्रै हुन्। केही समययता विद्यार्थीले विभिन्न वाहनमा शिक्षकमाथि कुटपिट गर्ने क्रम बढ्दो छ। राजनीतिक आड र शक्तिको भरमा विनामेहनत राम्रो अंक पाउनका लागि होस् वा राजनीतिक मनमुटावका कारण शिक्षकहरू बेलाबेलामा कुटिँदै आएका छन्।

 

 

 

०७५ सालतिर त्रिभुवन विश्वविद्यालयकै आंगिक कलेज त्रिचन्द्र कलेजका तत्कालीन प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विभिन्न निहुँमा कुटपिट गरी विद्यार्थीले घाइते बनाएका थिए। प्रमुख न्यौपापनेले पनि महिनौ दिनसम्म अस्पतालमा उपचार गराउनुपरेको थियो।

 

 

 

आरआर कलेज प्रमुख ज्ञवालीले आपराधिक मानसिकताले साथ विद्यार्थीले शिक्षक कुटेर निन्दनीय घटना कलेज भित्र घटेकोमा दुःख प्रकट गरे।

 

 

ज्ञवालीले स्कुल, कलेज तथा विश्वविद्यालयलाई सरकारले नै डेढ दशकअघि शान्ति क्षेत्र घोषणा नै गरेको भए पनि विभिन्न राजनीति दलको आड लिएर शिक्षालयमा अप्रिय घटना शृंखलावद्ध रूपमै घट्दै जानु निन्दनीय कार्य भएको प्रतिक्रिया दिए।

 

 

 

पुडासैनी परीक्षा सकेर विद्यार्थी कल्याण प्रमुख देवी घिमिरेको कार्यकक्षमा छलफलका लागि आएको र त्यही कोठामा विद्यार्थी जेठाराले उनीमाथि पानीखाने जगले टाउकोमा प्रहार गरी घाइते बनाएको प्रमुख ज्ञवालीले जनाए।नागरिक दैनिकमा खबर छ।