शेयरबजार बिहीबार पनि बढ्यो

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार करिब १२ अंकले बढेर २ हजार ५ सय २० दशमलव २३ बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सामान्य अंकले बढेको छ ।

 

 

यस दिन नेप्से खुलेदेखि नै उकालो लाग्न थालेको थियो । वृद्धिदरमा घटबढ भएपनि समग्रमा दिनभर नै बजार उकालो लाग्यो । बजार बन्द हुँदा १२ दशमलव ५३ अंकले नेप्से बढ्यो ।

 

 

यस दिन कारोबारमा आएकामध्ये हाइड्रो, फाइनान्स र डेभलपमेन्ट बैंक बाहेका सबै उपसमूहको परिसूचक उच्च दरले बढेपछि समग्र नेप्सेको वृद्धिमा बलियो टेवा पुगेको हो । नेप्से बढेसँगै साढे ४ अर्बको कारोबार भएको छ ।

 

 

यस दिन तीन कम्पनी शेयरमूल्य ९ प्रतिशत बढिका दरले वृद्धि भएको छ ।