बाजुरा जिल्लाबाट पहिलो महिला केन्द्रिय सदस्यमा विद्या तिमिल्सिना निर्वाचित

काठमाडौं। नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा समावेशी महिला कोटाको तर्फबाट केन्द्रीय सदस्यमा नेत्री विद्या तिमिल्सिना निर्वाचित हुनुभएको छ।
 
 
 
नेपाली काङ्ग्रेसको बाजुरा जिल्लाबाट पहिलाे महिला केन्द्रिय सदस्यमा नेत्री विद्या तिमिल्सिना निर्वाचित हुनुभएकाे हाे। यहि मङ्सिर २६ देखि २९ गतेसम्म काठमाडौंमा भएकाे निर्वाचनमा उँहा निर्वाचित हुनुभएकाे हाे ।
 
 
 
 
नेत्री तिमल्सिना पद्मकन्या क्याम्पस डिल्लीबजारबाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्नु भएकाे थियाे भने महासमिति सदस्य २०७४ सालमा हुनु भएका थियाे।  
 
 
 
 
 
राजनीति सँगै सामाजिक क्षेत्रमा पनि सक्रिय तिमिल्सिना नेपाली काङ्ग्रेसको विदेश विभाग समन्वय समितिको केन्द्रीय सदस्य समेत हुनु भएकाे थियाे ।