राष्ट्रघाती एमसीसी सम्झौता संसद्को कार्यसूची बन्न नदिन २२ राजनीतिक दलले विरोध प्रदर्शन गर्ने

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी),देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललगायतका २२ राजनीतिक दल÷सङ्गठनहरुले नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी परियोजनाका अधिकारी र नेपाल सरकारका बीचमा गरिएको एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने योजनाले आजसम्म मूर्तरुप लिन सकेको छैन ।

 

 

तर, त्यसका निमित्त अमेरिकी सरकारबाट नेपाल सरकार र संसद्मामा भएका पार्टीहरुमाथि दबाव दिने काम निरन्तर जारी छ ।

 

 

यो क्रम पुस १८ गतेको संसद् बैठकका दौरानमा पनि जारी रहने भएकाले ‘राष्ट्रघाती एम.सी.सी. सम्झौता संसद्को कार्यसूची बन्न नदिन’ उक्त दिन २२ राजनीतिक दल÷सङ्गठनहरुद्वारा विरोध प्रदर्शनको आयोजना गरिएको छ ।

 

सो कार्यक्रममा सक्रियरुपमा सहभागी भई कार्यक्रमलाई शानदाररुपमा सफल पार्नका लागि आम जनसमुदायलाई हामी आह्वान गर्दछौं ।

 

 

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दल÷सङ्गठनहरु

१. नेकपा (क्रान्तिकारी माओवादी) २. नेकपा (मसाल) ३.नेकपा (माले) ४. नेपाल कम्युनिस्ट पार्टी ५. राष्ट्रिय जनमोर्चा ६. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ७. नेपाल कम्युनिस्ट पार्टी, ८. नेकपा (माओवादी केन्द्र समाजवादी) ८. नेकपा (माओवादी मोर्चा) १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. राष्ट्रिय जागरण परिषद्, नेपाल १४. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी १५. नेकपा (बोल्शेविक) १६. एम.सी.सी. खारेज अभियान १७. पुष्पलाल अध्ययन समाज १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) १९. माक्र्सवादी एकता अभियान २०. नेकपा (माक्र्सवादी) २१. नेकपा माक्र्सवादी (पुष्पलाल) २२.समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।

 

कार्यक्रम :

मिति : २०७८ पुस १८ गते आइतबार

समय : दिनको १२ बजे

स्थान : माइतीघर मण्डला, काठमाडौं ।