भोलिदेखि अग्रपंक्तिमा काम गर्ने र ६० वर्ष उमेरमाथिका नागरिकलाई बुस्टर डोज खोप

काठमाडौं । कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने तथा ६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई बुस्टर डोज दिने भएको हो ।

 

 

 

स्वास्थ सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयलाई बुस्टर डोज दिन निर्देशन दिएको छ ।

 

 

माघ २ गते (भोलि)देखि अग्रपंतिमा खटिने व्यक्तिहरुलाई र माघ १४ गतेदेखि ६० वर्ष माथिका नागरिकहरुलाई बुस्टर मात्रा लगाउन आवश्यक व्यवस्था गर्न विभागले निर्देशन दिएको छ ।