नेपाल टेलिकमको सर्वाधिक शेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजारमा नेपाल टेलिकमको सर्वाधिक शेयर खरिदबिक्री भएको छ।

 

 

यस दिन एक बजेको अवधिमा कारोबारमा आएका २२२ कम्पनीमध्ये कम्पनीको सर्वाधिक शेयर खरिदबिक्री भएको हो । सो अवधिमा कम्पनीको करिब १३ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो ।

 

 

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता १५०१ रुपैयाँमा कारोबार भएको छ । यस अवधिमा कम्पनीको शेयरमूल्य दोहोरो अंकले बढेको छ ।