हुम्लाको अर्गानिक सिमी पहिलोपटक व्यापार कम्पनी लिमिटेडले खरिद गर्दै

काठमाडौं। हुम्लामा उत्पादन भएको सिमी पहिलोपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने भएको छ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न र किसानलाई सिमी खेतीप्रति आर्कषित गर्न लिमिटेडले खरिद गर्न लागेको हो।  

 

 

 

  सिमी खरिद गरेर जिल्ला बाहिर निकासी गर्नका लागि कार्यक्रम स्वीकृत भएको व्यापार कम्पनी लिमिटेडले जनाएकाे छ । ‘अब चाँडै खरिद प्रक्रिया अघि बढाइने र बजेटसमेत आइ सकेकोले चाँडै स्थानीय खरिद समितिको बैठक बसेर सिमी खरिद प्रक्रिया अगाडि बढाउने व्यापार कम्पनी लिमिटेडले जनाएकाे छ।

 

 

 

हुम्लाको सिमी अर्गानिक र स्वादिष्ट हुने गर्छ। सिमी उत्पादनका हिसाबले हुम्ला निकै सम्भावना भएको र किसानहरुले उत्पादन गरेको सिमीलाई प्रवर्द्धन गर्नका लागि खरिदको व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ। 

 

 

जिल्लाका सात वटा गाउँपालिकामा सिमी उत्पादन हुन्छ। त्यसमध्ये पनि सर्केगार्ड र चंखेली गाउँपालिकामा सबै भ्न्दा बढी सिमी उत्पादन हुने गर्छ।अहिले   व्यक्तिगत रुपमा थोरै परिमाणमा सिमी जिल्ला बाहिर निकासी हुँदै आएको स्थानीयले जनाएका छन्।

 

 

प्रमाणीकरण नगरिएको भए पनि विषादी मुक्त जिल्ला भएका कारण हुम्लाको सिमी अर्गानिकसमेत रहेको स्थानीय बासिन्दाले जनाएका छन्।