कोरोना संक्रमणका कारण लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

काठमाडौं ।  लोक सेवा आयोगले कोरोना संक्रमण बढेपछि लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। 

 

 

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन्।

 

 

देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।