नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्दै

काठमाडौँ। नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ।

 

 

 

कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ। कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ।

 

 

 

सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्।

 

 

 

फोरजी एलटीई नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत र सरकारी संस्थागत गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ। व्यत्तिःअन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु ८०० मा ६० जीबी ३० दिनका लागि उपलब्ध छ।

 

 

 

 

त्यसैगरी १ वर्षका लागि रु ९००० मा ७२० जीबी प्याक उपलब्ध छ। यसलाई प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ। यी दुवैमा एडअन प्याकको रुपमा रु ४०० मा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिन्छ।

 

 

 

होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत रु एकहजार २०० मा १२० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुने टेलिकमले जनाएको छ। त्यसैगरी १ वर्षका लागि रु १३ हजार ५०० मा १,४४० जीबी प्याक उपलब्ध हुन्छ।

 

 

 

यसलाई प्रतिमहिना १२० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एडअन प्याकको रुपमा रु ६०० मा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिन्छ।

 

 

 

सरकारी संस्थागत प्याकेजमा रु ३ हजार ६५० र रु २ हजार १०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध रहेको टेलिकमले जनाएको छ।

 

 

यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ। वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको जनाइएको छ।