उपत्यकामा थप ३,७९१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

काठमाडौं ।काठमाडौं उपत्यकामा थप ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।काठमाडौंमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना संक्रमित थपिएका हुन् ।

 

 

देशभर आज ७५ हजार ३७६ जना होम आइसोलेसनमा, र १ हजार ६६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २१५ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा मन्त्रालयले जनाएको छ ।