क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी)को संगठन विस्तार अभियान तीब्र बन्दै

कपिलवस्तु । नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल ( क्रान्तिकारी ) को नगर कमिटी गठन गरिएको छ ।

 

 

त्यस्तै पुजा भुषालको अध्यक्षतामा ७ सदस्यीय नगर कमिटी गठन गरिएको छ । साथै , उपाध्यक्ष -अनिता जिसी ,सचिव – संगिता कुँवर , काेषाध्यक्ष – सृजना गन्धर्व , सदस्य अमृता थरु , यादव उप्रेती र सृष्टि गन्धर्वलगायत रहनु भएको छ।

 

 

उक्त कार्यक्रममा बाेल्दै अखिल (क्रान्तिकारी) का प्रदेश सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष मनोज थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा शैक्षिक माफियाहरूले, ब्यापारीकरण, माफियाकरण, दलालीकरण ,भ्रष्टीकरण गरेकाे समेत अाराेप लगाए।

 

उनले भने, माफियाहरू विरुद्ध संंगठनले निर्मम सङ्घर्ष गर्दै शिक्षालाई पूर्णरुपमा नि:शुल्क ,सर्बसुलभ, ब्यवहारिक,वैज्ञानिक जनवादी शिक्षा लागु गराउन अखिल (क्रान्तिकारी)ले सधैं नेतृत्वदायी भूमिका खेल्ने बताउनु भयाे ।

 

 

 

त्यस्तै यस भेलाबाट नेतृत्वमा आउने बिद्यार्थीहरुले सधैं शिक्षा र स्वास्थ्य क्षत्रकाे विकृति विसँगति हटाउन सङ्घर्षमा उत्रनुपर्ने बताउनु दिनुभयो।

 

 

त्यस्तै नेकपा (क्रान्तिकारी माओबादी) पिवीएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भूपेन्द्र न्यौपानेले अबको शैक्षिक राजनीतिक आन्दोलनमा बिद्यार्थी संगठन दरोरूपमा उभिनुपर्ने बताउदै अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी खारेजी,शिक्षा-स्वास्थ्य क्षेत्रका विकृति विसंगती, महंगी,भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षकाे मैदानमा रहनुपर्ने र नयाँ जनवादी क्रान्तिकारीको अभियानमा अगाडी बढनु पर्ने बताउनु भयो । कपिलवस्तु जिल्ला सेक्रेटरी कमल उप्रेतीले भेलालाई सफलताको कामना दिनु भयो।