हुम्लाको चंखेली गाउँपालिकामा आठ दिनदेखि विद्युत अवरुद्ध

सिमकोट। हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा आठ दिन देखि विद्युत सेवा अवरुद्ध भएको छ।

 

 

उक्त गाउँपालिकाका लागि विद्युत सेवा उत्पादन गर्दै आएको खारखोला लघुजलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो ।

 

 

 

 

गाउँपालिकाको तीन वटा वडामा विद्युत आपुर्ती गर्दै आएको खारखोला लघुजलविद्युत आयोजनाको विद्युत उत्पादनमा समस्या आएको स्थानीय बासिन्दाले बताए।

 

 

 

उनिहरूले भने विद्युत आपूर्ति बन्द हुँदा स्थानीय बासिन्दा मर्कामा परेको गुनासो गरेका छन्। स्थानीयका अनुसार अहिलेसम्म यसको मर्मतको लागि पहल पनि नभएको गुनासाे गरे।

 

 

 

यसबाट वडा नम्बर २,३ र ४ लाई असर परिरहेको छ। स्थानीयको मोबाइलमा चार्ज समेत सकिएको छ। यसबाट सात सय भन्दा बढी घरधुरीका बासिन्दा मर्कामा परेका छन् ।