हत्या आरोपमा ‘अघोरी’ पक्राउ

काठमाडौं । दक्षिणकाली मन्दिरनजिकै घाइते अवस्थामा भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले एक जोगीलाई पक्राउ गरेको छ।

 

 

 

विहीबार साँझ उद्धार गरिएका अन्दाजी ४०-४५ वर्षका पुरुषको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । दाउरा र बाँसले टाउकोमा हानेर गम्भिर घाइते अवस्थामा भेटिएका उनको पहिचान खुलेको छैन ।

 

 

 

 

हत्यामा संलग्न आशंकामा प्रहरीले दक्षिणकाली मन्दिर परिसरमा बस्दै आएका शिव गिरी ‘अघोरी’ भन्ने जोगीलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।