यी चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउन एमाले गर्‍यो हस्ताक्षर संकलन

काठमाडौं । एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।अहिले एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।

 

 

चार न्यायाधीशविरुद्ध पनि महाभियोग लगाउन सकिने गरी हस्ताक्षर संकलन गरेका छौंँ,एक सांसदले भने ।

 

 

 

एमालेले संसद् पुनःस्थापना गर्ने चार न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सकिने गरी हस्ताक्षर संकलन गरेको हो ।

 

 

सत्ता गठबन्धनमा आबद्ध दलले आइतबार प्रधानन्यायाधीशविरुद्ध महआभियोग प्रस्ताव दर्ता गराएका छन् ।