क्रान्तिकारी माओवादी सम्वद्ध अखिल क्रान्तिकारीद्वारा युक्रेनमा अध्ययनरत नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न सरकारसँग जोडदार माग

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी)ले नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न माग गरेएको छ।

 

हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) शिक्षा र स्वास्थ्यमा भएका सबै प्रकारका विकृति, विसङ्गति एवम् कमजोरीको अन्त्यका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताका लागि निरन्तर सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ ।

 

 

लाखौं विद्यार्थीहरुको आशा र भरोसाको केन्द्रको रुपमा रहेको हाम्रो सङ्गठन आम विद्यार्थीहरुको हक–हितको निम्ति निरन्तर पहलकदमी गर्दै आइरहेको कुरा सुस्पष्ट नै छ ।

 

 

 

हालै रुस–युक्रेन तनावले युद्धको रुप लिएपछि युक्रेनमा उत्पन्न परिस्थिति र बढ्दै गएको असुरक्षाका कारण युक्रेनमा अध्ययनरत नेपाली विद्यार्थीलगायत त्यहाँ रहेका नेपाली समुदायलाई परेको सङ्कटप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

 

 

नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रघाती एमसीसी सम्झौता संसद्बारा अनुमोदन गराउन मरिहत्ते गरेर लागिपरेका छन् ।

 

 

 

तर, विदेशमा सङ्कटको भूमरीमा फसेका नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली समुदायलाई उद्धार गर्ने सवालमा प्रधानमन्त्री शेरबहादुर देउवा एवम् नेपाल सरकार कत्ति पनि जिम्मेवार देखिँदैन ।

 

 

राष्ट्रघाती एम.सी.सी. सम्झौता खारेजीको मागसहित विदेशमा सङ्कटमा परेका र असुरक्षित अवस्थामा रहेका नेपाली विद्यार्थीलगायत आम नेपाली नागरिकहरुको सुरक्षा र उद्धार गर्नु नेपाल सरकारको दायित्व भएको हुँदा युक्रेनमा सङ्कटमा परेका विद्यार्थी र आम नागरिकको राहत एवम् उद्धारका निम्ति कूटनीतिक पहल र अत्यावश्यक आर्थिकलगायतका सबै प्रबन्ध गरी अविलम्ब उद्धारकार्य अघि बढाउन जोडदार आग्रह गर्दछौं ।