क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी)ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस मनायो

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले आज फागुन १४ लाई महान जनयुद्धको पहिलो सहिद दिल बहादुर रम्तेललगायत परिवर्तन र मुक्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै केन्द्रीय कार्यलय, बागबजारमा २७ औं स्मृति दिवस भव्यरूपमा मनाएको छ।
 
 
 
 
उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले परिवर्तनका लागि जीवन आहुति दिने महान सहिदहरुले कोरेको मार्ग निर्देशन गरेको बाटोमा क्रान्तिकारी युवा विद्यार्थीहरु लाग्नु पर्ने बताउनु भयाे।
 
 
 
 
 
उहाँले भन्नु भयाे क्रान्तिकारीहरूले  दृढ़ एवम् प्रतिवद्ध रहि फेरि मुलुकले अर्को वलिदानी मागेको खण्डमा युवा विद्यार्थीहरूले फेरि क्रान्तिकारी झण्डालाई फहराउदै अगि बढ्न तम तयार रहेर बस्ने बेला आएकाे बताउनु भयाे।
 
 
 
 
 त्यस्तै राष्ट्रघाती सम्झौता गर्ने दलालहरु जनता सामू नाङ्गि सकेकोले यी गद्दारहरुलाई जनताहरुले अब बाँकी नराख्ने अवस्था आइसकेकाे छ।
 
 
 
 
जनताहरु एमसीसी विरुद्ध सडकमा आईसकेका छन् ,राष्ट्रघाती दलाल,तस्कर,माफियाहरुलाई जनताले अब छानिछानि ठेगान लगाउने र सहिदहरुको वलिदानलाई उच्च सम्मान गर्न  क्रान्तिको झन्डा निरन्तर फहराई  रहने अध्यक्ष गजुरेलले बताउनुभयाे।
 
 
 
 
अब तमाम युवाहरूलाइ राष्ट्रिय स्वाधीनताको रक्षाको खातिर आआफ्नो ठाउँबाट सक्दो योग्दान गर्न समेत उहाँले सबैमा आग्रह गर्नु भयाे।
 
 
 
  यस्तै अखिल(क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले सहिदहरुले गर्नु भएको बलिदानलाई लाई पूर्व नेताहरुले सत्तामै पुग्ने र वार्गेनिङ्ग गर्ने भर्याङ मात्र बनाएको आराेप लगाउनु भयाे।
 
 
 
 उहाँले भन्नु भयाे वास्तवमा महान सहिदहरुले विना स्वार्थ महान उदेश्यकै लागि आफ्नाे प्राण आहुती दिएको हुँदा अब कुनै पनि संसदवादी कित्तामा उभिएकाहरुले देशको वास्तविक विकास गर्न जनताले खोजेको व्यवस्था ल्याउन नसक्ने र जनताहरुका कुनै समस्यालाई सम्वोधन गर्न सक्दैनन्।
 
 
 
यी तमाम समस्यारुलाई मात्र क्रान्तिकारी पार्टी अर्थात नेकपा (क्रान्तिकारी माओवादी) ले मात्र जनयुद्धको वास्तविक उत्तराधिकारी पार्टी हो र यसको भतृ संगठन अखिल (क्रान्तिकारी) ले मात्र शिक्षा क्षेत्रका माफिया विरुद्ध लड्ने तागत राख्ने बताउनु भयो।
 
 
 
उक्त कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव प्रभात भट्टराईले गर्नुभएको केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले जानकारी  दिनुभयो।