रुसको आक्रमणमा १३०० सेना मारिएको युक्रेनी राष्ट्रपतिद्वारा स्वीकार

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले रुसी सेनाको आक्रमणमा १३०० सेनाको मृत्यु भएको स्वीकार गरेका छन् । त्यस्तैगरी करिव ५०० देखि ६०० रुसी फौजले युक्रेनका सेनासमक्ष आत्मसमर्पण गरेको दावी पनि गरेका छन् ।

 

 

बीबीसीका अनुसार राष्ट्रपति जेलेस्कीले गत २४ फेब्रुअरीदेखि भएको रुसी हमलामै उक्त मात्रामा आफ्ना सेनाको मृत्यु भएको स्वीकार गरेका हुन् ।

 

 

युक्रेनको राजधानी किभको दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार प्रहार गर्दा ठूलो मात्रामा युक्रेनी सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

 

 

रुसले आफ्नो सेना किभ बाहिर वरीपरीको क्षेत्रलाई घेरा हालेर आक्रमण गरिरहेको बेला २५ किलोमिटर दूरीबाट उक्त सैन्य अखडालाई निशाना बनाएको बताइएको छ ।

 

 

विश्वशक्ति मुलुकहरु फ्रान्स र जर्मनले रुसी राष्ट्रपतिलाई युद्धबिराम गर्न आग्रह गरिरहेकाछन् । यद्यपि रुसले भने युद्ध रोक्न चाहिरहेको छैन ।