मुगु जिल्लामा घर-घर जाउँ नेपाली कांग्रेस जिताउँ अभियान सञ्चालनमा

मुगु । नेपाली कांग्रेस मुगुले घर घर जाउँ नेपाली कांग्रेस जिताउँ भन्ने अभियान सुरु गरेको छ । सदरमुकामबाट ३१ कोष टाढा सोरु गाउँ पालिका बस्तीबाट सुरु भयको अभियान मुगुका ४ वटै स्थानीय तहभर सञ्चालन हुने नेपाली कांग्रेस मुगुले बताएको छ।

 

 

 

अभियानको निम्ति केन्द्रीय कार्यालयले डोल्पा जिल्लाका केन्द्रीय सदस्य कर्णबहादुर बुढालाई एक महिनाको लागि मुगुमा खटाएको छ ।

 

 

 

घर दैलोमा पुगेर जनतालाई कांग्रेसमा लाग्न उत्साहित गराउने र वामपन्थीहरूले गलत भ्रम फिँजाएको एमसीसीबारे जनतालाई प्रस्ट पार्ने अभियानको मुख्य उद्देश्य रहेको केन्द्रीय सदस्यले बुढाले जानकारी गराए ।

 

 

 

 

अभियानका लागि जिल्लाको ४५ वटामा ४५ जना जिल्ला कार्यसमितिका पदाधिकारी महाधिवेशन र महासमिति प्रतिनिधि खटाइएको कांग्रेस सभापति ऐनबहादुर शाहीले सुनाए ।

 

 

 

 

जिल्ला कार्यसमितिले खटाएका प्रतिनिधि एक महिनासम्म वडामै बसेर कांग्रेस जनमत बटुल्न घरदैलो कार्यक्रम गर्ने सभापति शाहीको भनाइ छ ।आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन मिति तय गरिएको छ ।

 

 

 

 

पार्टीलाई एक ढिक्का भएर लाग्न र आउँदो स्थानीय चुनावमा वडा सदस्य देखि गाउँ र नगरपालिकामा जितको सुनिश्चितता गर्न समेत नेता देखि मतदातासम्ममा प्रचारमा उत्साह देखिएको नेपाली कांग्रेस कार्यकर्ता बताउँछन्।