मैले एमसीसी पास गर्दा रावललाई किन टाउको दुख्यो: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले नेता भीम रावलले एमसीसीको विरोध गरेपछि उनीप्रति कडा रुपमा प्रस्तुत भएका छन्।

 

 

 

नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका देउवाले आक्रोशित हुँदै मन्त्रिपरषद्बाट आफ्नै सरकार हुँदा एमसीसी पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना नगरेको भनि रावलमाथि प्रश्न चिन्ह खडा गरेका छन्।

 

 

 

 

पूर्वप्रधानमन्त्री केपी ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको बताउँदै देउवाले भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?

 

 

 

 

कार्यक्रममा बोल्दै देृवाले ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याएको बताए ।