‘सांस्कृतिक प्रतिरोध दिवस’मा जनसांस्कृतिक महासङ्घले अन्तरक्रिया गर्ने

काठमाडौं। हरेक बर्स चैत ५ गते मनाइँदै आएको ‘सांस्कृतिक प्रतिरोध दिवस’लाई यसपटक अखिल नेपाल जनसांस्कृतिक महासङ्घले वैचारिक अन्तरक्रिया गर्दै मनाउने जनाएको छ ।

 

 

 

नेपालको कम्युनिस्ट आन्दोलनमा वैचारिक स्खलनता आइरहेको वर्तमान अवस्थामा ‘प्रतिरोधी संस्कृति निर्माणका चुनौतीहरू’ विषयमा अन्तरक्रिया गर्ने महासङ्घका महासचिव हिरामणि दुस्खीले बताए ।

 

 

 

 

अन्तरक्रियामा नेपाली कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व एवम् माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य, निनु चापागाइँ तथा सांस्कृतिक आन्दोलनका अभियन्ता वरिष्ठ माक्र्सवादी समालोचक प्रा.डा.ताराकान्त पाण्डेय, रोशन जनकपुरी एवम् महिला नेतृ अम्विका मुडभरीले सांस्कृतिक आन्दोलनका समस्या र चुनौतीहरू बारेमा विचार व्यक्त गर्ने इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका महासङ्घका महासचिव दुस्खीले बताए।

 

 

 

कार्यक्रममा कम्युनिस्ट आन्दोलनमा लागेका अगुवा कार्यकर्ताहरू, प्रगतिशील वुद्धिजीवीहरू, युवा, विद्यार्थी तथा महिलाहरूको व्यापक सहभागिता गराउने आयोजकहरूले बताएका छन् ।

 

 

 

काठमाडौं घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको ‘इच्छुक प्रेक्षालय’मा चैत ५ गते दिउँसो १२ बजे सुरु गरिने उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थितिका लागि काठमाडौँ उपत्यकाभित्र रहनुभएका सम्पूर्ण संस्कृतिकर्मी, साहित्यकार, वुद्धिजीवी, युवा तथा विद्यार्थी साथीहरूमा आयोजक संस्था अखिल नेपाल जनसांस्कृतिक महासङ्घ तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानले विनम्रतापूर्वक आह्वान गरेको दुस्खीले मूलबाटोलाई बताएका छन् ।

 

 

 

 

दसवर्से महान् जनयुद्धका क्राममा २०५५ चैत ५ गते काभ्रेको अनेकोटमा महासङ्घ सम्वद्ध सामना सांस्कृतिक परिवारका सात जना कलाकारहरू च्याङ्वा लामा, चिनीमाया लामा, गुम्वासिं तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ र मञ्जु कुँवरको ताल्कालिन पुलिसको जत्थाले उनीहरूले सेल्टर लिई बसेको घरमा आगजनी गरेर सामूहिक हत्या गरेको थियो ।

 

 

 

 

त्यसरी जनतालाई जागरण दिन गाउँ बस्तीहरूमा मादल, गितार, सारङ्गी बाँसुरी लिएर निहत्था रूपमा हिँडेका कलाकारहरूको सामूहिक हत्याकाण्ड यतिमा मात्रै सीमित रहेन ।

 

 

 

 

त्यसपछि यो सामूहिक हत्याकाण्डको शृङ्खला रोल्पाको भावाङ, हार्जङ र सुकिदह, डोल्पाको माझफाल, जाजरकोटको लहँ, त्यसैगरी मुडभरा, डुङ्ग्ला लगायतका पश्चिम नेपालका विभिन्न ठाउँहरूमा कलाकारहरूलाई घेरा हालेर सामूहिक हत्या गरिए ।

 

 

 

 

यी सबै सामूहिक हत्याकाण्डहरूको समष्टीमा चैत ५ गतेलाई ‘सांस्कृतिक प्रतिरोध दिवस’का रूपमा जनसांस्कृतिक महासङ्घले २०६० सालदेखि मनाउँदै आएको छ। यतिखेर उक्त दिवसले आफ्ना २३ वटा बर्स पार गरी २४औँ बर्समा प्रवेस गरेको छ ।