अमेरिकाका राष्ट्रपतिद्वारा पुटिनलाई हत्यारा र तानाशाहको संज्ञा

काठमाडौं।अमेरिकाका राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हत्यारा, तानाशाह र ठगको संज्ञा दिनुभएको छ।

 

 

 

उहाँले बिहीबार रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधी हत्यारा, तानाशाह र ठगको संज्ञा समेत दिनुभएको हो । अमेरिकाका राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधि भन्दा रुसले चर्को आलोचना समेत गरेको थियो ।

 

 

 

युक्रेन र रुसबीच भएको जारी युद्धमा अमेरिकाले लगातार रुसलाई दबाब दिने प्रयास गरिरहेको छ । सोही क्रममा बिहीबार अमेरिकाका राष्ट्रपति जो वाइडेनले पुटिनलाई युद्ध अपराधि भन्नु भएको थियो।

 

 

 

वाइडेन अब बयानबाजिमा अझ अगाडि बढेको देखिन्छ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा युद्धको बिगुल फुकेको थियो ।

 

 

युद्धको आज २३ औँ दिन हुँदासम्म युद्ध रोकिने अवस्थामा भने पुगेको छैन ।