चिनियाँ विदेशमन्त्री वाङको भ्रमणमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्तीको निर्देशन

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्ती बालकृष्ण खाणले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

 

 

 

गृहमन्त्रिले बैठकमा शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको छ।

 

 

 

बैठकमा गृहमन्त्री खाणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए ।

 

 

भ्रमण शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफूहरूले कार्ययोजना बनाएको सुरक्षा प्रमुखहरूले बैठकमा जानकारी गराएका छन् ।

 

 

 

गृहमन्त्री खाणको अध्यक्षतामा भएको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेलसहितको सहभागिता थियो ।