भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

साैकेतिक तस्वीर

काठमाडौं। भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका ६ डेकोचा बस्ने धादिङ जलामुखी गाउँपालिका ४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

परियारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।