देशभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि,मृत्यु शून्य

काठमाडौं । देशभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९०९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २३ जना र १ हजार ६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनै पनि संक्रमित फेला परेनन् ।

 

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६१५ पुगेको छ । सोही अवधिमा ३० हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ सय ९९ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

 

 

पछिल्लो २४ घण्टामा ६६ जना कोरोना मुक्त भए, शून्य संक्रमितको मृत्यु

 

 

कोरोना भाइरस कोभिड–१९को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ६२५ पुगेको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९०९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख ८७ हजार ४०७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

 

 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।