चितवनमा विप्लव नेकपाले चैत २४ गते जनआन्दोलन दिवस भव्यरुपमा मनाउँदै

  चितवन।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यही चैत्र २४ गते चितवनको भरतपुरमा जनआन्दोलन दिवस भव्यरूपमा मनाउँने भएको छ।
 
 
 
 
भ्रष्टाचार,जनघात, महंगी , राष्ट्रघाती एमसीसी परियोजना विरुद्धको नेपाली जनताको चाहानालाई पार्टीको केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने उक्त पार्टीका विशेष समिति सदस्य भिमबहादुर खड्का ध्रुवले पत्रकार सम्मेलनमा जानकारी दिए।
 
 
 
 
 
नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज सन्देश पौडेलले उक्त दिनलाई जनताको परिवर्तनको चाहना अनुसार आन्दोलनको शंखघोष गरेको दिन भएकोले सम्पूर्ण देशभक्त, शोषित पिडित जनसमुदायलाई उपस्थितिको लागि आव्हान गरिएको बताएका छन् ।
 
 
 
 
 
 
चैत २४ गते दिनको ठिक ११ बजे भरतपुरको चौबिसकोठीबाट जुलुससहित जिल्ला प्रहरी कार्यालयनजिक गेष्टहाउस चौरमा पुगेर सभामा परिणत हुने र सामना सांस्कृतिक परिवारको केन्द्रीय टोलीले जनवादी गित नृत्यनाटक प्रदर्शन गर्ने जनाईएको छ।