पार्टीविद्ध अनुशासनहीन काम गर्ने क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य कृष्ण गुरुङ निष्कासित

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीका केन्द्रीय समितिका सदस्य कृष्ण गुरुङ  (असमान) लाई पार्टीको केन्द्रीय समितिबाट निस्कासित गरेको छ।

 

 

 

लामो समयसम्म पार्टीको सम्पर्कमा नरहेको, अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएकाे विज्ञाप्तिमा जनाइएकाे छ।

 

 

 

 

पार्टीभित्र गुटबन्दी गरी अन्य विपक्षी पार्टीमा जान साटकाट गरेएको र पार्टी कार्यालयमा भेटेर कुरा गर्न खोज्दा भेट अस्विकार गर्ने  गरेकोले कारबाही गरि पार्टीबाट निष्कासन गरिएकाे उल्लेख छ।

 

 

 

 

 उहाँले आफैले विपक्षी पार्टीमा जाने बारे छलफल चलाइरहेको कुरा स्वीकार गरेको हुनाले उहाँलाई पार्टीको केन्द्रीय समिति सदस्यबाट निष्काशन गरिएको पार्टी महासचिव मोहन वैद्य किरणले एक प्रेस वक्तव्य जारी गरेर सबैमा सार्वजनिकरुपमा जानकारी गराउनु भएको छ।