क्रान्तिकारी माओवादी सम्वद्ध अखिल (क्रान्तिकारी)ले “संगठन बिस्तार तथा सुदृढीकरण“ अभियान तीब्र बनाउँदै

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)सम्वद्ध अखिल (क्रान्तिकारी)ले “संगठन बिस्तार तथा सुदृढीकरण“ अभियान देशभर सञ्चालन गरेको छ।

 

 

सो अन्तर्गत आज कागेश्वरि–मनोहरा नगरपालिकाको कान्तिपुर क्याम्पस थलिमा महेश बराइलीको अध्यक्षतामा ११ सदस्यीय मुल इकाई समिति निर्माण गरिएको छ।

 

त्यस्तै संखरापुर नगरपालिका अन्तर्गत राष्ट्रिय मावि इन्द्रायणीमा रोमन रोकाको नेतृत्वमा ११ सदस्यीय मुल इकाई समिति निर्माण गरिएको छ।

 

उक्त दुवै कार्यक्रममा संगठनका केन्द्रीय महासचिव पेशल दाहाल,सचिव प्रभात भट्टराई,केन्द्रीय सदस्य महेन्द्र ओलिलगायतको उपस्थितिमा संगठन विस्तार गरिएको छ।

 

दुई वटै इकाई समितिका अध्यक्ष लगायत सम्पूर्णलाई सफल कार्यकालको शुभकामना दिएको थियो।