क्रान्तिकारी माओवादी सम्वद्ध अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले निर्वाचन बहिष्कार अभियान सशक्त बनाउँने

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको मुल स्पीरिड अनुसार निर्वाचन बहिष्कार गर्ने अभियान सशक्त बनाउने निर्णय गरेका छन्।

 

 

क्रान्तिकारी माओवादी र अखिल (क्रान्तिकारी) ३ नम्बर प्रदेशले शसक्त बहिष्कार गर्न गरि, पूर्वी कमाण्डको बैठक आज पाटन संयुक्त क्याम्पस, पाटन ढोकामा अभियानलाई अगि बढाउने निर्णय साथ बैठक समापन गरियो।

 

 

बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का पिविएम पवन मान श्रेष्ठ तथा केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष शिलु न्याैपाने, प्रध्यापक संगठनका केन्द्रीय सदस्य चिडानन्द यादवको समेत उपस्थित रहेको थियो।