क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी)ले कथित निर्वाचन बहिष्कार अभियान ललितपुर जिल्लामा सशक्त बनाउदै

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल(क्रान्तिकारी) ले पार्टी र संगठनको मुल स्पीरिड अनुसार देशव्यापी रुपमा कथित स्थानिय निर्वाचन बहिष्कार अभियान सशक्त बनाउदै गएकाे छ।

 

 

त्यस्तै  शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति–विसङ्गति एवम् शिक्षाको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणविरुद्ध नेतृत्वदायी भूमिकामा रही निरन्तर सङ्घर्ष गर्दै आएको अध्यक्ष हरिकृष्ण गजुरेलले बताए। 

 

उनले भने  शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवम् सर्वसुलभ गराउनका लागि हाम्रो सङ्गठनले निरन्तर सशक्तरुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

 

नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको वास्तविक उत्तराधिकारी भनेकाे एक मात्र सङ्गठन मैले नेतृत्व गरेकाे अखिल (क्रान्तिकारी) भएकाे उल्लेख गरे। आज शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा रहेकाे उनले बताए। 

 

 

 राष्ट्रघात र जनघातका विरुद्ध सशक्त ढङ्गले अग्रमोर्चामा रहेर सङ्घर्ष गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्न अखिल क्रान्तिकारी ले  अग्रणी भूमिकामा रही नेतृत्व गर्दै आइरहेको अध्यक्ष गजुरेलले बताए।  

 

त्यस्तै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गराएर नेपाल र नेपाली जनताप्रति घात गरेका छन् ।राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को गर्दै थपिँदै गइरहेकाे अध्यक्ष गजुरेलले उल्लेख गरे।

 

 

त्यस्तै अखिल(क्रान्तिकारी) का विधार्थी नेताहरुले नेतृत्व गरेर देशै भरि निर्वाचन बहिष्कार अभियान सशक्त रुपमा संचालन गरिरहेको जानकारी अखिल(क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले जानकारी दिनु भएको छ।

 

 

अभियानकै क्रममा अखिल(क्रान्तिकारी)ले ३ नम्वर प्रदेश अन्तर्गत पूर्वी कमाण्डका जिल्लाहरुमा बैठक र अभियानको सशक्तरूपमा चलिरहेको छ।

 

ललितपुर जिल्ला अन्तरगत नमुना मछेन्द्र मा.वि मचिन जिमीको अध्यक्षतामा ३५ मुल ईकाई कमिटि र २ कक्षा कमिटी निर्माण भएका छन्।त्यस्तै आदर्श शौलमा विशाल भट्टको अध्यक्षतामा मुल ईकाई कमिटि र ३ कक्षा कमिटि निर्माण ,मदन स्मारकमा ३ कक्षा कमिटि निर्माण, पाटन ढोका मा.विमा दिपक थापा मगरको अध्यक्षतामा २५ ईकाई कमिटि निर्माण गरिएको छ।त्रिपघ मा.विमा २ कक्षा कमिटि निर्माण भएको छ।

 

 

 

अभियानमा अखिल(क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शीलु न्यौपाने, सचिव राम तिरुवाको उपस्थित रहेको थियो।

 

 त्यस्तै ललितपुर जिल्लामा अभियानलाई सान्दार रुपमा संचालन गर्न स्थानिय विधार्थी नेताहरु अखिल(केन्द्रीय) सदस्य ईश्वर सिहं साउद, विधार्थी नेताहरु विष्णु महर्जन, लाल सिंह धामी, देवेन्द्र धामीहरुको सक्रियतामा अभियान तिव्ररुपमा संचालन भइरहेकाे छ। 

 

 अभियानलाई व्यवस्थित गर्न ललितपुर जिल्लामा वैशाख ३ गते प्रशिक्षण र ५ गते जिल्ला भेलाको तयारी र यस्तै गरि काभ्रे, दोलखा र भक्तपुरका जिल्लाहरुमा समेत बैठक र अभियानको तयारीमा साथीहरु जुटिरहनु भएको जानकारी अखिल(क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले जानकारी गराउनु भयो।