काँग्रेसबाट बाजुराको हिमाली गाउँपालिकामा पुन: अध्यक्षमा गोबिन्द्र ब मल्ल सर्वसम्मत सिफारिस
काठमाडौं। नेपाली काँग्रसले स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा हिमाली गाउँपालिका अध्यक्षमा गाेविन्द्र बहादुर मल्ललाइ पुन: सर्वसम्मत उम्मेदवार सिफारिस गरेकाे छ।
बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका अध्यक्षमा पुन गोबिन्द बहादुर मल्ल सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन्।
गाउँपालिका कमिटीको बैठकले बहालवाला अध्यक्ष गाेविन्द्र वहादुर मल्ललाइ पुन: अध्यक्ष उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको हो।
हिमाली गाउँपालिकाको बैठकले पुन: अध्यक्षमा यसअघि पनि सो गाउँपालिकाका अध्यक्ष रहेका गाेविन्द्र बहादुर मल्ललाइ नै सिफारिस गरेकाे हाे।
त्यस्तै उपाध्यक्षमा भने पार्टीले उम्मेदवार सिफारिस गरि सकेको छैन । अबकाे केही दिन भित्र उपाध्यक्षमा सिफारिस गरिने एक स्थानीय नेताले बताएका छन्।