आज सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोबार?

काठमाडौं ।नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

 

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

 

 

तेजावी सुन प्रतितोलामा १ लाख १ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

 

 

यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेर १ हजार ४ सय १५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।